३१ आश्विन २०८३, शनिबार

आईएमईको १४० औं आईएमई सेन्टर प्युठानको बाग्डुलामा स्थापना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

IMe-phyuthan

काठमाडौं, २७ पुस । नेपालको नम्बर १ रेमिटेन्स कम्पनी आईएमईले आफ्नो १४० औं आईएमइ सेन्टर प्युठानस्थित बाग्डुलामा स्थापना गरेको छ ।

कम्पनीका प्रवन्धक एवं सेल्स तथा नेटवर्क प्रमुख रुद्रराज पौडेलले इन्टरफेस मनी ट्रान्सफरकोे नाममा संचालन हुने उक्त शाखाको शनिबार उद्घाटन गर्नुभएको हो ।

उद्घाटन पछि पौडेलले कम्पनीको विशेष सेवा प्युठानसम्म ल्याई पुर्‍याउन महत्वपूर्ण योगदान गर्नुहुने सेवाग्राही एवं व्यावसायिक साझेदार सबैलाई धन्यबाद व्यक्त गर्नुहुँदै आईएमईले दिँदै आएको छिटो, छरितो र विश्वसनीय रेमिटेन्स सेवालाई अझै परिस्कृत र प्रविधियुक्त बनाउन कम्पनी कटिबद्ध रहेको बताउनुभयो ।

आईएमई सेन्टर आईएमईको एजेन्ट आउटलेट मध्येमा विशेष मानिन्छन् ।