काठमाडौं, २७ पुस । किर्तीमानी आरोही सञ्जय पण्डित सम्मानित भएका छन् ।
उल्टो हिडेर अफ्रिकाको सर्बोच्च शिखर किलिमन्जारो २५ घण्टा ४० मिनेटमा गत डिसेम्बरमा आरोहण गरेका कृतिमानी पर्वतारोही एबम धाबक संजय पण्डितलाई सोमबार पूर्व लेफ्टिनेन्ट कर्णेल प्रबल सम्शेर राणाले एक लाख नगदसहित सम्मान गर्नु भएको हो ।
नेपाल आर्मीको काली प्रसाद गण अंकित झन्डा संजयले अफ्रिकाको शिखरमा फर्फराएका थिए । उनलाई केहि दिन अगाडी उहाँले उक्त झन्डा आरोहणमा फरफराउन प्रदान गर्नु भएको थियो । देशको नाम पर्बतोरोहण क्षेत्रबाट संसार भर फैलाउन बिशेष भूमिका खेलेको भन्दै पण्डितको थप हौसला बढाउन सहयोग गर्नु भएको हो ।
पण्डितले नेपाली पोशाक दौरा सुरुवाल, भादगाउले टोपी लगाएर आधार सिबिर मरान्गुदेखि अफ्रिकाकाको सर्बोच्च शिखरसम्म उल्टो हिडेर पुगेका थिए । पण्डितलाई सम्माननिय रास्ट्रपति बिध्यादेबी भण्डारी तथा प्रधामन्त्री केपी शर्मा ओलीले सम्मान एवं बधाई ज्ञापन गरिसक्नु भएको छ । पण्डित नेपालकै पहिलो उल्टो हिडेर हिमाल आरोहण गर्ने बिश्व पर्वतारोही हुन् ।
पण्डितले सगरमाथा, प्राण घातक हिमाल मनास्लु, जापानको फुजी, युरोप, अमेरिका लगायत महादेशका हिमाल आरोहण गरिसकेका छन् । पण्डितले गतवर्ष अस्ट्रेलियाको सर्बोच्च शिखर पनि उल्टो हिडेर आरोहण गरिसकेका छन् । उनले यूरोपको सर्बोच्च शिखर एल्ब्रुसको शिखरमा ६ मिनेट ०३ सेकेन्ड अर्ध नांगिएर पनि कृतिमान कायम गरिसकेका छन् ।












प्रतिक्रिया