१३ कार्तिक २०८३, शुक्रबार

भ्रष्टाचार गर्ने डडेल्धुराका सिडिओ लुईटेललाई निलम्बन गर्न युवा संघको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

youth-force-logo– राजेन्द्र ठगुन्ना
डडेल्धुरा, २७ पुस । युवा संघ नेपालले भ्रष्टाचारका आरोपी डडेल्धुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेललाई कारवाही गर्न माग गरेको छ ।

आइतबार युवा संघले डडेल्धुरामा पत्रकार सम्मेलन गरी प्रमुख जिल्ला अधिकारी लुईटेललाई निलम्बित गरि कारवाही गर्न माग गरेको हो । युवा संघ डडेल्धुराका अध्यक्ष भुवन पाठकले झण्डै कर्मचारीको तलब भन्दै साढे ५७ हजार भ्रष्टाचार गरेको प्रमाण भेटिएकाले कारवाही गर्न माग गरेको बताए ।

‘भान्से र स्वकिय सचिवको तलब भन्दै ५७ हजार ५ सय ५४ रुपैया स्टोर किपर छविराज ओझाका नाममा पैसा लिएको देखिन्छ, तर डडेल्धुरा जिल्ला प्रशासनमा कुनै पनि स्वकीय सचिव छैन्’ उनले भनेका छन् । प्रजिअ लुईटेललाई निलम्वन गरि घटनाको यथासिघ्र उचित छानविन गर्न सम्वन्धीत निकायसंग माग गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी लुईटेललाई निलम्बन नगरिए कडा भन्दा कडा आन्दोलन गर्ने उनले चेतावनी दिए ।