६ कार्तिक २०८३, शुक्रबार

यी पाँच डन, जसलाई आजीवन जेल हाल्ने मुद्दाको फैसला हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ganesh Lama Donकाठमाडौं । अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका पाँच डनको मुद्दा फैसला चरणमा पुगेको छ ।

सम्पत्ति शुद्दीकरण विभागले स्रोत नखुलेको करोडौं सम्पत्ति थुपारेको अभियोगमा गणेश लामा, चक्रे मिलन, दीपक मनांगे, अभिषेक गिरी र पर्शुराम बस्नेतविरुद्द ०७० जेठमा दायर गरेको मुद्दा फैसला चरणमा पुगेको हो ।

विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई, न्यायाधीशद्वय प्रभा वस्नेत र महेशप्रसाद पुडासैनीको इजलासले आइतबार लामाको मुद्दामा अन्तिम फैसला गर्नका लागि पक्ष र विपक्षका कानुन व्यवसायीसँग बहस नोट माग्ने आदेश दिएको छ । नागरिक दैनिकमा खबर छ ।