६ कार्तिक २०८३, शुक्रबार

मन्त्रालयको नाम के हो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pasupanchi Bikash Mantralayaकाठमाडौं, २७ पुस । सिंहदरबारको एउटा भवनमा पशुपक्षी विकास मन्त्रालय लेखिएको छ, तर भित्र मन्त्री शान्ता मानवीको कार्यकक्षमा पशु विकासमन्त्री लेखिएको छ ।

भवनको मूल ढोकादेखि मन्त्रीको कार्यकक्षमा पुग्दा पक्षी उडिसकेको देखिन्छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

त्यति मात्र होइन, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा भने शान्ता मानवीलाई पशुपक्षी विकास मन्त्री भनिएको छ । तर उनकै राज्यमन्त्री नरदेवी पुन मगरलाई पशु विकास राज्यमन्त्री भनिएको छ ।

मन्त्रालय फुटाउँदै मन्त्री धेरै बनाउँदा सरकार आफैँ अलमलमा परेको छ ।