काठमाडौं, २७ पुस । साउदी अरब र इरानवीच बढिरहेको तनाव र तेलको मूल्य निरन्तर घटिरहेका कारण मध्यपूर्वमा कार्यरत नेपाली समेत प्रभावित हुने जोखिम बढेको छ ।
तेलको मूल्यका कारण त्यहाँको उत्पादनमा प्रभाव परेर कर्मचारी कटौती वा ज्याला घटाउने सम्भावना छ भने इरान अरब द्वन्द्व बढ्दै गए थप जटिलता आउने स्थिति छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
सुन्नी सम्प्रदाय बाहुल्य साउदीका राजाले सिया पादरी सेख निमर अल निमरसहित ४७ जनालाई गत साता मृत्युदण्ड दिएपछि तनाव बढेको हो । सिया पक्षधर उग्ररुपमा प्रस्तुत भइरहेका छन् ।
साउदीमा कम्तीमा ६ लाख नेपाली कार्यरत छन् । साउदीको तनाव बढ्दै गएसुरुमा त्यहाँ कार्यरत र पछि समग्र खाडी क्षेत्रको रोजगारीमा असर पर्नेछ ।















प्रतिक्रिया