काठमाडौं, २७ पुस । लक्ष्मी लोहनी सिलवाललाई म्याद थमाउनु थियो । निवेदन लेखाउन खोज्न अलमलिन लागेकी उनलाई सर्वोच्च अदालतका फाँटवाला योगेन्द्रप्रसाद आचार्यले रोके । अनि एउटा फारम थमाउँदै भने,‘लौ यो भर्नुस् ।’
लक्ष्मी एक छिन अलमल्ल परिन् । जब कुरो बुझिन्, त्यसपछि खुसीले फुरुङ्ग भइन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
उनले वकिलबाट लेखाउन खोजेको निवेदन टेम्प्लेट थियो त्यो । त्यसमा म्याद थाम्पन चाहिने बेहोरा सवै उल्लेख थिए । उनले भरिन् अनि फाँटमा बुझाइन् ।
‘पहिले घण्टौ लाग्थ्यो, आज एकैछिनमा भयो, अंश मुद्दाको तारेख लिन आइतबार सर्वोच्च पुगेकी उनले भनिन्,‘वकिल पनि खोज्नु परेन, पैसा पनि तिर्नु परेन । यस्तो पो सुविधा त ।’
मुद्दामामिला गर्दा अदालतमा दिनुपर्ने विभिन्न निवेदनका ढाँचा सर्वोच्चको बेबसाइटमा उपलब्ध छन् र तिनलाई प्रिन्ट गरेर कसैको सहायताबिनै निशुल्क काम लिन सकिन्छ भन्ने तथ्य उनलाई फाँटका कर्मचारीले बुझाएपछि लक्ष्मी फुरुङ्ग थिइन् ।















प्रतिक्रिया