काठमाडौं, २७ पुस । देश सात प्रदेशको संघीय संरचनामा गए पनि १३औँ महाधिवेशनका लागि पारित निर्देशिका पुरानै संरचनाअनुसार जारी भएको समितिका संयोजक राधेश्याम अधिकारीले बताएका छन् ।
सुरुमा संघीय संरचनाअनुसार नै निर्वाचन प्रक्रिया अघि बढाउने छलफल भए पनि टुंगो नलागेको उनले बताएको नयाँ पत्रिका दैनिकले छापेको छ ।
‘विधान संशोधन नभएकाले हामीले पुरानै संरचनाअनुसार अधिवेशन गर्ने गरी निर्वाचन निर्देशिका जारी गरेका छौँ,’ अधिकारीले नयाँ पत्रिकासँग भने, ‘गाउँ, नगर, क्षेत्र, जिल्ला, अञ्चल हुँदै केन्द्रमा आएपछि मात्रै संघीयताअनुसारको प्रावधानको विषय आउने हो, तल्लो तहमा समस्या हुँदैन ।’
उनले पार्टीको विधान संशोधन भएपछि संघीयताअनुसारको संरचनामा जाँदा पार्टीले आन्तरिक रूपमा निर्णय गर्न सक्ने बताए ।















प्रतिक्रिया