१३ कार्तिक २०८३, शुक्रबार

भारु नोटसहित नाकामा दुई पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Indian-Noteनेपालगन्ज, २६ पुस । भेरी अञ्चल प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीको सक्रियतामा भारतबाट चोरी गरेर ल्याइएको रु ६० लाख चार हजार ५०० भारु नोट यहाँ बरामद गरिएको छ ।

गत पुस ९ गते भारतको चेम्बुरस्थित एक बिल्डल्र्सको घरबाट चोरी गरिएको सो रकमसहित सोही घरका भान्से लव शाही र चौकीदार जगत शाहीलाई पनि पक्राउ गर्न प्रहरी टोली सफल भएको छ ।

आज अञ्चल प्रहरी कार्यालयमा बरामद नोटसहित अभियुक्तद्वय शाहीलाई सार्वजनिक गरी प्रहरी वरिष्ठ उपरीक्षक धिरु बस्न्यातले घटनाको जानकारी गराउनुभएको हो ।

सो घटनामा संलग्न उपेन्द्र शाही, धिरण शाही र मनुमाया सिंह फरार रहेका जनाइएको छ । रासस