
देशका हरेक परिवर्तनशील आन्दोलनमा युवा र विध्यार्थीको ठुलो भुमिका र योगदान छ । अझ हामीले इतिहास पल्टाएर हेर्दा बिध्यार्थी शक्तिको अतुलनिय योगदान भेट्न सक्छौ नेपालका हरेका क्रान्ति र आन्दोलनमा ।
दलालहरूको जालझेलमा नेपालको राष्ट्रियता र सार्वभौमसत्ता गुम्ने खतरा बढेको छ । राजनैतिक अस्थिरता अन्त गर्दै संविधान निर्माण द्वारा समृद्ध नयाँ नेपाल निर्माणमा एमालेको नेतृत्वमा राष्ट्रिय सरकार गठन गरि अगाडि बढ्न गरिएका १६ बुँदे राजनीतिक सहमति र केही भद्र सहमति भारतको दबाउमा नेपाली कङ्ग्रेसले तोड्यो ।
थप अस्थिरता पैदा गरेर राज्यलाई कुनै काम गर्न नदिने नेपाली कङ्ग्रेस, आफ्नै नेतृत्वमा ४० जना भन्दा बढी आन्दोलनकारीको हत्या गरेर संविधान संसोधन गर्न नपर्ने भन्ने नेपाली कङ्ग्रेस पछिल्लो समय दशगजा क्षेत्रका आन्दोलनकारीलाई समर्थन गर्दै संविधान संसोधनको प्रस्ताव ल्यायो । जसले राज्यको पुनर्निरमाण बिधेयक भन्दा पनि संविधान संसोधन आवश्यक ठान्यो र जाडोका कारण केही भुकम्प पिडितले ज्यान गुमाउन पुगे त कतिपयको स्थिति कष्टकर छ । यसमा सरकार बढो दुखि छ , तर सरकारले अनेक बिपत्तिका बाबजुद पनि न्यानो खर्च बापत १० हजार बाँड्नु एउटा सफलता नै हो ।
नेपालले बनाएको संविधान भारतको अनुकुलतामा नभएको हुँदा , भुपरिवेष्ठित राष्ट्रले पाउने निर्वाध पारवाहन सेवा कुण्ठित गरि जेनेभा सन्धिमा निर्माण भएका कानुन उलङ्घन गरेको छ । नेपाल भारतको प्रान्तिय राज्य नभई एउटा स्वतन्त्र र सार्वभौमसत्ता सु – सम्पन्न राष्ट्र भएको हुँदा भारतले नेपाल माथि युद्धको बेलामा पनि गर्न नहुने अमानवीय ब्यबहार गरेको छ । केही समय अगाडि बिश्व प्रजातान्त्रिक युवा संघठनको माहासभा क्यूबामा सम्पन्न भएको थियो । उक्त सम्मेलनमा २०० राष्ट्रका युवा प्रतिनिधि करीब २५० को हाराहारीमा उपस्थित थिए । नेपालको प्रतिनिधित्व गर्दै युवा संघ नेपालका केन्द्रीय अध्यक्ष क. राजीव पहारीको टोली उक्त माहासभामा भाग लिन पुगेका थिए । उक्त सम्मेलनमा भारतीय हस्तक्षेप र पारवाहन सेवा कुण्ठित बिषयलाई बिशेष प्रस्तावको रूपमा पास गराएर भारतीय दादागिरीको पर्दाफास गर्न संघका अध्यक्ष क. राजीव सफल भएका थिए । यसैक्रममा युरोपका बिभिन्न देशहरूमा क. राजीव आफै पुगेर नेपालीहरूलाई संघठित पार्दै भारतीय हस्तक्षेपको बिरुद्धमा भारतीय दुतवासलाई ज्ञापन पत्र बुझाएका थिए । जसका कारण बिश्वको ध्यान नेपाल प्रति केन्द्रीत बनाएको थियो तर बिडम्बना हाम्रो देशको कुटनैतिक नियोग असक्षम र निकम्प हुनुले भारतीय दादागिरी नाङ्गेझार पार्न सकिएन ।
मधेस केन्द्रीत आन्दोलन हक र अधिकार प्राप्तिको लागि नभई भारतको ग्राइन्डडिजाइनमा नेपालको तराईलाई सके सिक्किमीकरण नसके भुटानीकरण गर्न हो भन्ने कुराको पुष्टि भारतीय दुतवास , भारतीय सरकारी निकाय देखि केही राजनीज्ञहरूको अभिव्यक्ति संगै राजेन्द्र , उपेन्द्र र महन्थहरूको ब्यबहारले प्रष्टाउँछ ।
राजनीतिक दलहरू तराई छिर्न डराइरहेका थिए । हक, अधिकारको नाममा संविधानको बिषयमा तराईका शोषक, सामन्त, दलालहरूले छरेका भ्रम चिर्न युवा संघ नेपालले स्थानीय भाषामा उल्था गरिएका संविधान लिएर तराईका आतङ्कित ११ वटा जिल्लाका हरेक बस्तीमा केन्द्रीय नेताहरूलाई कमान्डर बनाएर बिचार र सिद्धान्तको राजनीति गर्न पठायो ।
राजेन्द्रको अखडा मानिएको बिरगन्जका बस्ती- बस्तीमा युवा संघ नेपालका अध्यक्ष क. राजीव पहारी बैचारिक र सैद्धान्तिक कफन बाँधेर अब तराई छिर्यो युवा संघ, युवा संघले राष्ट्रियता, राष्ट्रिय सार्वभौमसत्ता, सामाजिक सद्भाव सहितको राष्ट्रिय एकताका को मिसन पुरा गरेर मात्र राजधानी फर्किनेछ भन्दै पत्रकार सम्मेलनबाट सार्वजनिक गरेर राजेन्द्र संग मैदानमा भिड्न जानुभयो तब राजेन्द्र रातारात दिल्ली पुगे भने आन्दोलनरत मोर्चाका नेता जो बिचार र सिद्धान्तबाट च्यूत भएका थिए त्यही झुन्डमा कोकाहल मच्चिएर भागदौड चल्यो ।
यो राष्ट्रिय बिपत्तिमा युवाहरूले खेल्नुपर्ने भुमिका आज युवा संघ नेपालले खेलिरहेको छ जसका नेतृत्व अर्थात् कमान्डर विध्यार्थी फाँट बाटै राजनीति सुरु गरेर स्ववियू सभापति हुँदा उहाँको रचनात्मक क्रियाकलाप देखेर TU ले सम्मान पनि गरेको थियो । त्यही ब्यक्ति हुन् आज युवा संघ नेपालको कमान्डर बनेर आफ्नो अमूल्य जिवनलाई तरबारको धारमा राखेर बिचार र सिद्धान्तबाट च्यूत भएका अराजक बिखण्डनकारी संग मैदानमा संघर्ष गर्दैछन् केवल राष्ट्रियताका लागि ।
यता त्यहीँ बिध्यार्थी संघठनमा रहेर कुनै समय टाउको फुटाएकै भरमा चर्चा कमाउन सफल हाम्रो पार्टीको केन्द्रीय सदस्य तथा अखिलको पूर्व अध्यक्ष रामकुमारी त्यही टाउको फुटेको फोटो देखाएर राष्ट्र र पार्टीका निम्ति आफूले गरेका योगदानको मुल्य माग्दैछिन् । सरकारले योजना बनाउँछ , बनाएको योजना अबलोकन गर्न बिज्ञ टोली खटाउँछ र योजनाको प्रपोजल तयार पारी मन्त्री परिषदबाट संसदमा पठाउँछ भन्ने कुरा अहिले सबैलाई थाहा हुन्छ । अहिलेको समयमा राज्य ब्यबस्था र संसदीय ब्यबस्था नबुझ्ने कमै छन् । राष्ट्र चौतर्फी संकटमा गुज्रेको छ, यो संकटको अबस्थामा युवा नेताले आम युवाहरूलाई संघठीत गरि राष्ट्रियताको पक्षमा खडा गर्नुपर्ने ठाउँमा दुईचार जना भनेर भन्न नमिल्ने ब्यक्तिहरूलाई जम्मा पारेर सरकारको पुत्ला जलाउने र सरकारले आफूले लिएको उद्धेश्य सार्वजनिक गर्दा आफ्नो मर्यादा भुलेर हाँसोमा उडाउने गरेर काठमाडौँको आलासिन महलमा छोरो खेलाएर राष्ट्रियताको लडाईँ लड्ने मेरो महान् महिला नेत्री कमरेडले राजनीति क. राजीव पहारीबाट सिक्दा एमाले भित्र आफ्नो अस्तित्व रहला अन्यथा बाबुरामको नयाँ शक्ति नामक दलालीहरूको झुन्डमा हिसिला यामीको जोडी बन्न जाने दिन नआउला भन्न सकिन्न ।
बिश्व कहाँबाट कहाँ पुगिसक्यो, तर परिवर्तन र समृद्ध नेपाल निर्माण गर्छौ भनेर हिँड्ने नेताहरू नै बिज्ञानलाई हाँसोमा उडाएर ढुङ्गे युग तर्फ लम्किएका छन् । सरकारले लक्ष्य लिनु ठूलो कुरा हो किनकि लक्ष बिना कुनै कामको सुरुवात गरिँदैन । मेरो बुबा अहिले ७५ बर्षको हुनुभयो ।
कहिलेकाहीँ कुरामा कुरा चल्दा बिदेशमा समुन्द्र माथि घर बनेका छन् , बिदेशका धेरै पढेका मान्छेले रकेट निर्माण गरेर आकाशवा पुगेर पनि फर्किसके भनेर सहज भाषामा भन्दा उहाँले मलाई भन्नुभयो -‘ धेरै हावा कुरा नगर् , के देश बिदेश घुमेको थिइस् अहिले आएर म जस्तो कोही छैन भनेर हावा कुरा गर्नुहुँदैन मान्छेले पागल भन्छन् भनेर उल्टै हकार्नुभएको थियो । आज मलाई यही कुराको याद आयो प्रधानमन्त्रीले लिएका लक्ष्यमा रामकुमारी लगायत केही ब्यक्ति जसले बुझेर पनि नेपाललाई यथास्थानमा राखेर आफ्नो टाउको फुटेको फोटो देखाएर सोझा जनतालाई भ्रममा राख्न हाँसो मजाकमा उडाएका छन् ।

यो सरकारलाई सहज रूपमा काम गर्ने बातावरण बन्यो भने दुईबर्षमा लोडसेडिङ घटाउनका लागि बिभिन्न क्षेत्रमा बिधुत उत्पादन गरेर हुन्छ कि वायु उर्जा निर्माण गरेर हुन्छ आफ्नो मिसन जनता माझ बिश्वासिलो आधार बनाउनेछ र काठमाडौँ उपत्यकाका फोहोरलाई ब्यबस्थित गरेर वायु ग्यास उत्पादनका लागि काम अगाडि बढाउनेछ र रामकुमारी जस्ताले नैतिकताको आधारमा क्रान्तिकारी बिचारधार छोड्नेछन् । यो कुरामा म मात्र होइन हामी ढुक्क छौँ । किनकि रामकुमारी कमरेड माथि आसा र भरोसा राख्ने हामी धेरै थियौँ । केही समय उहाँ जिम्मेवार बिहिन हुँदा हामी नै थियौँ नेतृत्वलाई दबाउ दिने र भन्यौँ रामकुमारी जस्ता जुझारु , साहसी ब्यक्तिलाई अगाडि बढाउनुपर्छ । उहाँ केन्द्रीय कमिटीमा बिजय हुँदा पनि त्यही टाउको फुटेको फोटो प्रदर्शन गरिएको थियो । त्यो फोटोले उहाँलाई धेरै चर्चा परिचर्चामा ल्याएकै हो । उहाँ केन्द्रीय कमिटीमा बिजय हुँदा हामीलाई गर्भ लागेको थियो भने थप आसा र भरोसा बढेको थियो बिडम्बना अन्तत उहाँ नै सबैभन्दा बढी गुटमा लटपटिएर अबसरको पर्खाईमा रहने प्रतिक्षार्थी मै सिमीत हुनुभयो र महलमा रहेर डलरमा बिकेर महिला हिँसाको आवाज फाइभ स्टार होटलमा गरिने सभा, सम्मेलन, गोष्ठी र सेमिनारमा सिमित भएका छन् ।















प्रतिक्रिया