१३ कार्तिक २०८३, शुक्रबार

मधेस अधिकारका बाधक मधेसी नेताः अध्यक्ष पहारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

youba

सिरहा, २६ पुस । युवा संघ नेपालका अध्यक्ष राजिव पहारीले मधेस केन्द्रित दलका नेताले नै मधेसी जनताका अधिकारलाई संस्थागत गर्न नदिएको आरोप लगाएका छन् ।

तराई मधेस विशेष जागरण तथा संवाद कार्यक्रम अन्र्तगत आईतबार सिरहाको सदरमुकाम माडरमा बोल्दै पहारीले नयाँ संबिधानले मधेसका अधिकारका रक्षा गरेपनि त्यसको संस्थागत विकासका लागि मधेस केन्द्रित दलका सिमित नेताहरुले अवरोध पुर्याएको बताए ।

उनले मधेस र मधेसी समुदायका अधिकार एकैपटक प्राप्त भए आफु र आफ्नो पार्टीको एजेण्डा सकिने भन्ने डरले संस्थागत गर्न नचाहेको बताए । पहारीले भने, ‘मधेस केन्द्रित नेताहरु स्वार्थसहित आफ्नो अगुवाईमा अधिकार प्राप्त भएको प्रचार गर्न चाहान्थे, जुन कुरा एमाले, काग्रेस र एमाओबादीले संबिधान सभाबाटै ग्यारेण्टी गरिदिएपछि, जस अरुलाई जाने डरले आन्दोलन गरेकाहुन् ।’

२०७० सालको निर्वाचनको परिणामले मधेस केन्द्रित दलहरु बढारिएपछि, अब मधेसी समुदायलाई नयाँ भ्रम सृजना गर्न सकिएन भने, आफुहरुको राजनीतिक भविश्य समाप्त हुने डरले अहिलेको प्रोपोकाण्ड रचेको बताए । सधै सत्ताको स्वाद चाख्दै आएका मधेसका नेताहरुले आफु सत्तामा रहँदा जनताभन्दा पनि व्यक्तिगत स्वार्थमा डुवेको आरोप लगाए ।

अध्यक्ष पहारीले मधेसमा आर्थिक प्याकेजको घोषणा गरी विकास निर्माणका कामलाई तिव्रता दिन सरकारलाई सुझाब दिए । उनले मधेसबादी दलले तराईमा फिजाएको भ्रमको पछि नलागी संबिधान हेरेर आफ्ना तर्कवितर्क राख्न आम जनता र आफ्ना पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।

पार्टीका नेताहरुले आफुलाई बोल्न लागेका कुरा पार्टी कमिटीमा राखेर, छलफल सम्वाद गर्नु पर्ने भन्दै उनले पार्टीको नीति र विचारभन्दा वाहिर रहेर जथाभावि नबोल्न नेता कार्यकर्तालाई आग्रह गरे । उनले नेपालको राष्ट्रियता अहिलेसम्म मधेसका जनताले जोगाउँदै आएको भन्दै पछिल्लो समयमा सिमिति नेताका व्यक्तिगत स्वार्थ पुरा नहुँदा राष्ट्रियतामा नै आँच पुग्ने गरी गतिबिधि अगाडी बढेको बताए ।

पहारीले भारतीय सुरक्षाकर्मीले नेपाली माथि गरेको अत्याचारको विरोध जनाउँदै, त्यस्ता समुहलाई तत्काल कारवाही नभए भारतविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चलाइएने बताए । कार्यक्रममा संघका उपाध्यक्ष रमेश पौडेल, सचिव माधव वास्तोला, पार्टी अध्यक्ष प्रमोद यादव, युवा संघ नेपालका स्थायी कमिटी सदस्य तथा प्रभक्ता प्रमातविक्रम कटुवाल, सचिवालय सदस्य तथा मधेस व्युरो प्रमुख संन्जिव झा लगायतका नेताहरुले आफ्ना धारणाहरु राखेका थिए । भेलाले सिरहा जिल्लामा माघ २१ गते भित्र वृहत सभा गर्ने निर्णय गरेको प्रवक्ता प्रभातविक्रम कटुवालले जानकारी दिए ।