
काठमाडौँ, २६ पुस । बसको ठक्करबाट राजधानीमा एक माहिलाको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिका–१४ कलंकी चोकमा बा.२ ख २३०५ नम्वरको बसबाट ओर्लने क्रममा आइतबार रामकोट–११ भिमढुंगा बस्ने ७२ बर्षीया कान्छी तामाङको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
बसको पछाडीको भागले ठक्कर दिदाँ गम्भीर घाइते भएकी कान्छीको उपचारका क्रममा कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।












प्रतिक्रिया