१३ कार्तिक २०८३, शुक्रबार

दोलखामा महिलाले आफ्नै श्रीमानलाई कुटेर अण्डाकोष फुटाइन् !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

दोलखा, २६ पुस । दोलखामा एक महिलाले आफ्नै श्रीमानको रामधुलाई गरेकी छिन् ।

यति मात्रै होइन् उनले श्रीमानको अण्डकोष नै च्यातिदिएकी छिन् । प्रहरी स्रोतका अनुसार यौनसम्पर्क गर्न खोज्दा श्रीमानले कुटाई खाएका हुन् ।

आफ्नै श्रीमानलाई लाठी प्रहार गरी कुटपिट गरेको अभियोगमा जिरी नगरपालिका–६ रेजे बस्ने ४३ बर्षीया निरिमाया जिरेललाई प्रहरीले पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

जिरेलले शनिबार घरायसी विवादमा ४३ बर्षीय कृष्ण बहादुर जिरेललाई लाठीले टाउकोमा प्रहार गर्नुका साथै दाँया अण्डोकाषको छाला तान्दा छाला फाटी अण्डाकोष बाहिर निस्किएर घाइते भएकोले जिल्ला अस्पतालबाट थप उपचारको लागि काठमाडौँतर्फ लगिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।