१३ कार्तिक २०८३, शुक्रबार

१८ किलो चरेससहित २ महिला पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baglung-chresh

– रबिना बोहरा
बागलुङ, २६ पुस । १८ किलो चरेस सहित बागलुङको वुर्तिवाङबाट पक्राउ परेका दुई महिलालाई जिल्ला प्रहरी कार्यालय बागलुङले आइतबार सार्वजनिक गरेको छ ।

निसीको भलकोटदेखि बुर्तिवाङ आउंदै गरेको ना. ४ ख ९२२१ नम्बरको यात्रुबाहक बसमा नियमीत चेकजाँच गर्ने क्रममा १८ किलोग्राम चरेस सहित प्रहरीले २ महिलालाई पक्राउ गरेको थियो । रुकुम जिल्ला काक्री गाविस वडा नं. ३ की ४२ वर्षीया दानमाया बुढा र सोही ठाउकी ५० वर्षीया जोकमाया बुढालाई यहि पुष २४ गते प्रहरीले प्रकाउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुई महिलाले रुकुमबाट चरेश बिक्रीका लागि बागलुङको निसी भल्कोट हुंदै बुर्तिवाङ लैजादै गरेका थिए ।

प्रहरीले गाडीमा चेकजाँच गर्नेक्रममा प्लाष्टिकको ड्रम देख्दा शंका लागेपछि खोजतलास गर्दा ड्रम भित्र कार्टुन टेपले बेरेर राखेको अवस्थामा चरेश फेला परेको डिएसपी सिंहले बताउनुभयो । चरेस सहित प्रकाउ परेकी दानमाया बुढाले एक अपरिचित व्यक्तिले गुल्मीको रिडी सम्म पुर्याईदिए एक जनालाई पन्ध्र हजार दिने आश्वासन दिएपछि चरेस गुल्मी लिएर हिडेको बताएकी छिन् ।

उनीहरुका अनुसार चरेस गुल्मीको रिडीमा लाग्ने माघे सक्रान्ती मेलालाई लक्षीत गरी पठाईएको थियो । पन्ध्र हजारको लोभमा उनिहरुले उक्त चरेश माघे सक्रान्ति मेलामा पुर्याउने गरी अग्रिम १० हजार बुझिसकेका थिए । बुढाले आफुहरुले थोरै भारी पु¥याएर धेरै पैसा पाउने प्रलोभनमा गाजा भनेर भारी बोकेको भएपनि प्रहरीले प्रकाउ गर्छ र आफुुहरुलाई सामान बोके वापत सजाय हुन्छ भन्ने थाहा नभएको बताएकी छिन् ।

लागु औषध नियन्त्रण ऐन २०३३ को दफा १४ बमोजिम २ किलोग्राम देखी १० किलोग्राम सम्मको चरेश उत्पादन तयार खरिद विक्री वितरण निकासी वा पैठारी ओसार पसार तथा संचय गर्ने व्यक्तिलाई १ वर्षदेखी ३ वर्षसम्म कैद एवं ५ हजार देखी २५ हजार सम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान रहेको छ ।