काठमाडौं, २६ पुस । सरकार र राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनबीच आजका लागि निर्धारित वार्ता स्थगित भएको छ ।
गठबन्धनसँग उपप्रधानमन्त्री कमल थापाको संयोजकत्वमा रहेको सरकारी वार्ता समितिले वार्ता गर्ने भएको छ । वार्ता सम्भवत भोलि साँझ हुने प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।
सरकारी वार्ता समितिमा कानूनमन्त्री अग्नि खरेल, स्वास्थ्यमन्त्री रामजनम चौधरी र सामान्य प्रशासनमन्त्री रेखा शर्मा सदस्य हुनुहुन्छ ।












प्रतिक्रिया