
– विमल योगी
काठमाडौं, २६ पुस । उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री विजय गच्छदारले ७ प्रदेशको सीमांकन परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।
आइतबार रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले बुझाएको ज्ञापनपत्र बुझ्दै गच्छदारले अहिलेको ७ प्रदेशको सीमांकन परिमार्जन गरी ८ प्रदेश बनाउँदा मधेसका सबै समस्या समाधान हुने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो- मधेस आन्दोलन तथा समग्र विषयको निकासका लागि सीमांकन परिमार्जन गर्नुपर्छ । तर, मधेसी मोर्चाले भनेजसरी परिमार्जन सम्भव छैन् । उनीहरुले माग्दैमा पुरा हुँदैन् ।
तराईमा आन्दोलनरत मधेसी मोर्चाले कैलाली, कञ्चनपुरलाई ६ नम्बर प्रदेशमा गाभ्नुपर्ने र झापा, मोरङ, सुनसरीलाई मधेस प्रदेश अर्थात प्रदेश नम्बर २ मा गाभ्नुपर्ने माग राख्दै आएको छ । मधेसी मोर्चाको यस्तो मागपछि यी विवादित जिल्लाका नागरिकले आन्दोलन गरेका थिए । यी जिल्लामा अहिले पनि विवाद कायमै छ ।
उपप्रधानमन्त्री गच्छदारले मधेसी मोर्चाले मागेको सीमांकन कुनै हालतमा पुरा नहुने दाबी गर्नुभयो । ‘उनीहरुले माग्दैमा पुरा हुँदैन्, त्यहाँ जनताले मान्दैन् । झापा, मोरङ, सुनसरी २ नम्बर प्रदेशमा आउन सक्दैन् । म त्यहीको नेता हुँ, मैले पनि मान्दैन् ।’ उहाँले भन्नुभयो ।
उहाँले मधेसी मोर्चाले भनेजसरी कैलाली कञ्चनपुरलाई ६ नम्बर ल्याउन नसकिने बताउनुभयो । ‘तराईमा तीन प्रदेश हुनुपर्छ । मधेसी मोर्चाले भनेको दुई प्रदेश हुँदैन् । समग्रमा ८ प्रदेशमा बनाएर जानुपर्छ । यो नै उपयुक्त सीमांकन हुनेछ ।’
सरकारले सय दिन पनि पुरा नगरेको भन्दै यसको विरोध अलोचना गर्न नुहने उहाँको भनाई छ । ‘म सरकार ढाल्ने पक्षमा छैन्, अझै बोलियो बनाएर लैजानुपर्छ ।’












प्रतिक्रिया