१३ कार्तिक २०८३, शुक्रबार

अछाममा महिलाले गरिन् आफ्नै श्रीमानको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aacham-mapअछाम, २६ पुस । यहाँकी एक महिलालाई शनिबार बिहान बन्चरो प्रहार गरेर श्रीमान्को हत्या गरेको आरोप लगाइएको छ ।

मलातिकोट–५ ताली निवासी धनादेवी साउदले ३६ वर्षीय श्रीमान् लालबहादुरको हत्या गरेको तथा टाउकामा ठूलो चोट रहेको र कम्बलमा बेरेर भान्सामा लछारेर फालिएको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।

अभियुक्त धनादेवीलाई नियन्त्रणमा लिइएको अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप सिंह देउवाले जानकारी दिनुभयो । रासस