तुलसीपुर, २६ पुस । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले सीमा नाकामा देखिएको समस्या छिट्टै अन्त्य हुने बताउनुभएको छ ।
क्रान्तिकारी पत्रकार सङ्घ दाङको तेस्रो जिल्ला सम्मेलनको आज घोराहीमा उद्घाटन गर्दै उहाँले मधेसका समस्या समाधानका लागि संविधान संशोधन प्रक्रिया अगाडि बढाइसकिएको र कूटनीतिक पहल समेत भइरहेको बताउनुभयो ।
संविधान कार्यान्वयन गर्न राष्ट्रिय एकताको आवश्यकता रहेको उहाँको भनाइ थियो । नेपालको संविधान जनमुखी र उत्कृष्ट रहेको बताउँदै उहाँले नेपाली जनताले संविधान बनाएबापत नाकाबन्दी झेल्नुपरेको टिप्पणी गर्नुभयो । रासस












प्रतिक्रिया