– ललित केसी
अछाम, २६ पुस । नेपाल विद्युत प्राधिकरण अछाम वितरण केन्द्रका प्रमुख किसनसिंह भण्डारीले सेवाग्राहीवाट ८ हजार घुस लिएको खुलासा भएको छ ।
मंगलसेन नगरपालिका वडा नं ७ वस्ने एकिन्द्र वहादुर बोहरा र जया वहादुर साउदले मंगलसेनमा स्थापना गरेको पशुपती फर्निचर उद्योगलाई आवश्यक पर्ने थ्रिफेज मिटर जडान गरिदिने भन्दै उक्त रकम घुस लिएको खुलासा भएको हो ।
२०६६ साल माघ १० गते घरेलु तथा साना उद्योग विकास समिति अछाममा पशुपती फर्निचर उद्योग दर्ता गरी नियमित रुपमा उद्योग नविकरण गर्दै आईरहेको र विद्युत प्राधिकरणले मिटर नदिदा आफुहरु सारै मर्कामा परेको उद्योगका संचालकहरुले दुखेसो गरेका छन । मिटरका लागी आवश्यक प्रकृया पुगाएर निवेदन दिनुका साथै पटक पटक विद्युत प्राधिकरणमा धाउदा पनी मिटर दिन आनाकानी गरेको र विद्युतका प्रमुख भण्डारीले आफूसित कहिले २५ हजार त कहिले ४९ हजार दिएमा मिटर उपलव्ध गराई दिने भन्दै रकम मागेको तर आफूले ८ हजार रकम दिई सकेको भए पनी सो रकमको कुनै प्रमाण वा विल भरपाई आफूलाई नदिएको जया वहादुर साउँदले वताएका छन् ।
आफूले यस विषयमा जिल्ला प्रशासन कार्यालय अछामलाई जानकारी गराउदा जिल्ला प्रशासन कार्यालय अछामले मिति २०७१÷१२÷१७ गतेको प.सं. ०७१÷०७२, च.नं. ९९७ भएको पत्रमार्फत आवश्यक कारवाही गर्ने भनि विद्युत प्राधिकरणको नाममा पत्राचार समेत गरेको उनले वताए । जिल्ला प्रशासन कार्यालय अछामले दिएको पत्रको समेत व्यवस्था गरेपछी उद्योगले मिति २०७२÷९÷५ गते अख्तीयार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय डोटी लाई आवश्यक कार्वाही गरिपाउ भनी निवेदन पेस गरेको वताएको छ ।
यता नेपाल विधुत प्राधिकरण अछाम वितरण केन्द्रका प्रमुख किसन सिंह भण्डरीलाई बुझ्न खोज्दा सम्पर्क हुन सकेन् । देशमा रोजगारी नपाएर लाखौ नेपाली युवाहरु दिन प्रतिदिन विदेशिएको अवस्थामा पनी आफ्नै ठाउमा केही गर्न तम्सीएका युवाहरुलाई एउटा जिम्मेवार निकायले यसरी निरास वनाउदा समेत सरोकारवाला निकायले चुप लागेर वस्नु कत्तिको जायज छ ?
रोजगारको लागी विदेशको शरणमा पुगेका युवाहरुलाई आफ्नै देशमा रोजगारी श्रृजना गरी युवाहरुलाई विदेशिनु वाट रोक्ने र देशमै आयआर्जन व्यवशायमा लाग्ने युवाहरुलाई युवा स्वरोजगार कार्यक्रम संचालन गरेको सरकारले यस्ता उर्जाशिल युवाहरुले आफ्नै लगानीमा केही व्यवसाय गर्न खोज्दा गर्न नदिने घुसखोरी र भ्रष्टचारी कर्मचारीहरुलाई कार्वाही गर्न अग्रसर हुन जरुरी रहेको सरोकारवाला बताउँछन् ।













प्रतिक्रिया