२३ कार्तिक २०८३, सोमबार

विप्लव माओवादीको जनपरिषद् गठन र घोषणा अन्तिम चरणमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Netra-bikram-chand-Biplavकाठमाडौं, २६ पुस । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आफ्नो सांगठनिक कार्यलाई दिन प्रतिदिन तीव्रता दिँदै आएको छ ।

राजनीतिक र सांगठनिक विषयमा आफूलाई अलग बनाउने प्रयास गर्दै आएको विप्लव माओवादीले जनपरिषद् गठनलाई अन्तिम चरणमा पुगाएको स्रोतले जनाएको छ । विप्लव माओवादीले आफ्ना केन्द्रीय नेता सन्तोष बुढाको संयोजकत्वमा जनपरिषद् गठन गरेको थियो ।

अधिकांश जिल्लाहरूमा जनपरिषद् गठन गरिसकेको स्रोतको दाबी छ । ‘जनपरिषद अधिकांश जिल्लामा गठन भएका छन् । घोषणा भएका छन्’, एक केन्द्रीय नेताले भने, ‘अब मगरात, थारुवा, तमुलगायतका संगठनहरू बन्छन् ।’

‘विप्लव’ माओवादीले सशस्त्र जनयुद्धका बेलामा भएका आफ्ना संगठनहरूलाई ब्यूताएको आरोप लागिरहेको बेलाफेरि स्वायत्त प्रदेशको धारणा ल्याएको हो ।

आफ्ना सांगठनिक गतिविधिलाई निमुखा जनता केनिद्रत बनाएको दाबी ‘विप्लव’ माओवादीको छ ।