
काठमाडौं, २६ पुस । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा आज केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।
पार्टी मुख्यालय सानेपामा बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुने केन्द्रीय सदस्यहरूले जनाएका छन् । बैठकमा विशेष गरेर १३औँ महाधिवेशन र तयारीका विषयमा छलफल केन्द्रित रहनेछ ।
कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर बिवाद छ । बिवाद मिलाउन दबाव दिन पार्टी मुख्यालयको मुल ढोकामा नेता तथा कार्यकर्ताहरू धर्नामा बसेका छन् ।
कांग्रेसको महाधिवेशन नजिकिँदा पनि तयारी नपुगेको भन्दै असन्तुष्टि हुँदै आएको छ ।












प्रतिक्रिया