
काठमाडौं, २६ पुस । परिमार्जन शब्दप्रति हृदयेशको आपत्ति मोर्चाको बैठकमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभई परिमार्जन गर्नुपर्ने प्रस्ताव गरेका थिए ।
तर, यादवको भनाइप्रति तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठीले असहमति जनाए । त्रिपाठीले संविधान संशोधन नै भन्नुपर्ने तर्क गरेको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले पनि परिमार्जन भनेको संशोधन नै भएकाले परिमार्जन भन्नुपर्ने बताए ।
सरकारलाई ४४ लाखको बिल
मधेस आन्दोलनका क्रममा घाइते भएकाको काठमाडौंमा उपचार गर्दा अहिलेसम्म ४४ लाख रुपैयाँ खर्च भइसकेको मोर्चाले जनाएको छ ।
२७ घाइतेको उपचारमा रकम खर्च भएको मोर्चाको भनाइ छ । सरकारबाट अहिलेसम्म ४५ हजार पाँच सय २७ रुपैयाँ मात्र पाएको घाइते उपचार समितिका सदस्यसचिव रवीन्द्र चौधरीले बताए ।
सरकारले घाइतेको उपचार खर्च व्यहोर्ने भए पनि अहिलेसम्म पैसा नदिएकाले मोर्चाले विभिन्न स्रोतबाट खर्च जुटाएको सद्भावना महामन्त्री मनीष सुमनले बताए ।
मोर्चाले व्यहोरेको ४४ लाख रुपैयाँको बिल सरकारले फस्र्योट गर्नुपर्ने मोर्चाले बताएको छ ।















प्रतिक्रिया