३१ आश्विन २०८३, शनिबार

नवकिरण सहकारीद्धारा झण्डै २ करोड बचत संकलन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-Paisa-Curancy

झलारी(कञ्चनपुर), २५ पुस । कञ्चनपुरको झलारीमा रहेको नवकिरण बचत तथा ऋण सहकारी संस्थाले एक करोड ९६ लाख दशहजार तीन सय ५७ रुपैयाँ बचत संकलन गर्न सफल भएको छ ।

गरिब तथा विपन्न वर्ग र समुदायहरुको आर्थिक, सामाजिक, सास्कृतिक र शैक्षिक सुधार ल्याउने उद्देयले स्थापना भएको सहकारीले सो रकम संकलन गरेको वताएको छ । संस्थाको शनिवार झलारीमा भएको चौथो साधारण सभा उक्त बचत रकम संकलन गरेको वताएको हो ।

गरिव तथा विपन्न वर्गमा काम गर्दै आएको सहकारीमा एक हजार तिन सय ९५ जना शेयर सदस्य रहेका छन । शहकारीले हाल छ किसिमका वचत खाता संञ्चालन गर्दै आएको सहकारी संस्था लि.ले आर्थिक वर्ष २०७२ र ७३ मा एक करोड ७९ लाख ६३ हजार छ सय ९८ रुपैया ऋण प्रदान गरेको प्रतिवेदनमा उल्लेख गरीएको छ ।

व्यापार व्यवसाय,कृषि,घर निमार्ण,शिक्षा र आपतकालिनमा लगानी लगाएको संस्थामा १५ लाख ५२ हजार छ सय शेयर पूजी रहेको छ ।

आर्थिक वर्ष २०७१ र ७२ असार मसान्त सम्म १६ ओटा कृषि समुदायमामा काम गरिरहेको सहकारी संस्थाले व्यवसायिक तरकारी खेतीमा विशेष ध्यान दिएको प्रवन्धक लक्ष्मी सेटीले बताए ।
झलारीपिपलाडी नगर पालिका र कृष्णपुर नगरपालिका कार्य क्षेत्र रहेको सहकारी संस्थाले एक जना प्रवन्धक सहित छ जना महिला कर्मचारी रहेका छन ।
संस्थाका अध्यक्ष धन बहादुर कुशमीको सभापतित्वमा संञ्चालन भएको चौथौ साधारण सभा जिल्ला सहकारी संघका अध्यक्ष तथा नेपाल वचत तथा ऋण केन्दीय सहकारी संघका संचालक तारा लामा तामाङ्घ प्रमुख अतिथी रहनु भएको थियो । सहकारीहरुले अवका दिनमा कृषि उत्पादनका साथै विभिन्न किसिमको आयमूलक कार्यमा लाग्न सहकारीलाई आग्रह गर्नु भएको छ । श्निवार झलारीमा सम्पन्न चोथौ वार्षिक साधारण सभामा तिन जना उत्कृष्ट वचत कर्तालाई सम्मान गरेको छ ।

उद्घाटन कार्यक्रममा शुभकामना व्यक्त गर्दै नेपाली काग्रेसका लाक राज उप्रती, नेकपा एमालेका रण बहादुर महरा, एनेकपा माओवादीका लोकेन्द्र ऐरी, झलारीपिपलाडी उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त प्रसाद भट्ट, निर्धन उत्थान विकास बैंकका प्रबन्धक रामअवज्ञा राम, समाज सेवी दिलबहादुर ऐर, दलित संजालका अध्यक्ष शिवि लुहार, अपाङ्ग संजालका अध्यक्ष हरिदत्त भट्ट, नेपाल कमाशु समाजका दुर्गादत्त जोशी लगायतका प्रतिनिधिहरुले शुभकामना मन्तव्य दिनुभएका थिए । अतिथिहरुलाई स्वागत मन्तव्य संस्थाका सदस्य हेमन्तराज रेग्मीले गर्नुभएको कार्यक्रममा प्रगति प्रतिवेदन सचिव लक्ष्मी सेटीले गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन संस्थाका सल्लाहकार जोगीसिंह सोवले गर्नु भएको थियो ।