१३ कार्तिक २०८३, शुक्रबार

५१ हजारको आनन्दीदेवी पुरस्कार लक्की चौधरीलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lucky-Chaudharyकाठमाडौँ, २५ पुस । थारु भाषा साहित्यको उन्नयनमा विशिष्ट योगदान पु¥याएबापत सरस्वती राजनारायण प्रतिष्ठानले पत्रकार एवम् साहित्यकार लक्की चौधरीलाई यस वर्षको आनन्दीदेवी राष्ट्रिय पुरस्कार प्रदान गरेको छ ।

वरिष्ठ समाजसेवी डा गौरीशङ्कर लाल दासले आज यहाँ आयोजित समारोहमा साहित्यकार चौधरीलाई रु ५१ हजार राशी र सम्मानपत्रसहितको सो पुरस्कार प्रदान गर्नुभयो ।

विसं २०५२ मा स्थापित सो प्रतिष्ठानले २०६४ बाट साहित्य, कला, समाजसेवा र पत्रकारितामा योगदान दिने व्यक्तित्वलाई पुरस्कृत गर्दैआएको छ ।

समारोहमा ज्येष्ठ नागरिकको क्षेत्रमा काम गर्दैआएको संस्था होप हर्मिटेजलाई प्रदान गरिएको रु ५१ हजार राशी र सम्मानसहितको पुरस्कार संस्थाकी कार्यकारी निर्देशक प्रमिला बज्राचार्य थापाले ग्रहण गर्नुभयो ।

सो अवसरमा संस्थाका अध्यक्ष रौनियारले सामाजिक संस्थामार्फत समाजसेवा गरिरहेकाले प्रतिष्ठानमा कुनै राजनीतिलाई प्रवेश नदिइने दृढता व्यक्त गर्नुभयो ।

गोरखापत्र दैनिकका प्रबन्ध सम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’ ले राम्रो कामगर्ने ओझेलमा पर्ने तर बेइमानी गर्नेहरु नै बढी प्रचारमा आउने अहिलेको अवस्थामा प्रतिष्ठानले सही उम्मेद्वारलाई पुरस्कृत गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । रासस