१३ कार्तिक २०८३, शुक्रबार

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उपभोगको वातावरण माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

press-council-nepal-logo1काठमाडौँ, २५ पुस । प्रेस काउन्सिल नेपालले तराई मधेसमा चलिरहेको आन्दोलन र नाकाबन्दीका कारण सञ्चार माध्यमको प्रशारण तथा वितरणमा देखापरेको समस्याबारे चिन्ता र चासो व्यक्त गरेको छ ।

आज बसेको काउन्सिल बोर्ड बैठकमा सञ्चारकर्मी तथा सन्चार माध्यममाथिको सुरक्षा चुनौती, आवागमन र पहुँचमा अवरोध एवम् मिडियाको स्वतन्त्र र सन्तुलित भूमिका एवम् पत्रकार आचारसंहिता पालना सन्दर्भमा उठेका प्रश्नकाबारेमा छलफल भयो ।

जस्तोसुकै कठिन अवस्थामा पनि पत्रकारिताका मान्य सिद्धान्त र पत्रकार आचारसंहिताको दृढतापूर्वक पालना गर्न सञ्चारकर्मी तथा सञ्चारगृहलाई आग्रह गर्दै काउन्सिलले अचारसंहिता पालना नगर्ने सञ्चारकर्मी तथा सञ्चारगृहमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र सामाजिक सद्भाव संरक्षण र हिंसालाई निरुत्साहित गर्न विशेष भूमिका खेल्नसमेत काउन्सिलले आग्रह गरेको छ ।

त्यसैगरी, पत्रकार सुरक्षा तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध उपभोगको वातावरण निर्माण गर्न पनि काउन्सिलले राजनीतिक दल तथा आन्दोलनरत पक्षलाई आग्रह गरेको छ । रासस