१३ कार्तिक २०८३, शुक्रबार

भक्तपुरमा इँटाभट्टाको पोखरीमा डुबेर ३ वर्षीया बालिकाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, २५ पुस । भक्तपुरमा एक बालिकाको डुबेर मृत्यु भएको छ ।

महामञ्जुश्री नगरपालिका–५ सुडाँलस्थित शंकर इँटाभट्टामा काम गर्ने सर्लाही नारायणखोला–६ का ३७ वर्षीय संग्राम मोक्तानकी छोरी ३ वर्षीया आशिका मोक्तानको इँटा बनाउन जमाएको पानीको पोखरीमा डुबेर शुक्रबार मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

सो ठाउँमा खेल्ने क्रममा डुबेर वेहोस भएकी बालिकाको सिद्बी स्मृती अस्पताल भक्तपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।