३१ आश्विन २०८३, शनिबार

पोषिलो खानाको अभावमा गाई धमाधम मर्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cowमहोत्तरी, २५ पुस । आर्थिक अभावका कारण पोषिलो खाना खान नपाएर महोत्तरी गौशालास्थित निगौल गाई गौशाला व्यवस्थापन समितिको फार्ममा पालिएको गाई धमाधम मर्दै आएका छन् ।

मधेसी मोर्चाले विगत पाँच महिनादेखि जारी राखेको अनिश्चितकालीन हडतालका कारण निगौल गाई गौशाला व्यवस्थापन समितिको कार्यालयले पौष्टिक आहारको उचित व्यवस्थापन गर्न नसकेपछि फर्ममा पालिएकोमध्ये सातवटा दूधालु गाई तथा १५ वटा गाईका बच्छाबाच्छी मरेका छन् ।

गौशाला नगरपालिका –४ स्थित नवराजपुरमा पालिएको गाईबाच्छा बाच्छी हिउँदे याम सुरु भएपछि घाँसपात नभेटाएपछि गाई खाना नपाएर दुब्लाएर बिरामी भई मर्दै आएको कार्यालयले जनाएको छ ।

आफनो स्वामित्वमा २८ बिघा क्षेत्रफल भएको जग्गा हुँदासमेत आर्थिक स्रोतकै अभावमा सो जग्गामा गाईबस्तुलाई खुवाउनको लागि घाँस उत्पादन गर्न नसकिएको कार्यालय प्रमुख शोभाकान्त पाण्डेले बताउनुभयो ।

सो जग्गामा घाँस उत्पादनको लागि रु १० लाख आवश्यक पर्ने भएको तर लामो हडतालका कारण आर्थिक सङ्कटमा रहेको समयमा खेत बाँझै रहेको जसका कारण फर्ममा पालिएको गाईबस्तु धमाधम मर्दैै आएको कार्यालयले स्वीकार गरेको छ ।

बन्द हडतालको समयमा डिजेलको अभाव तथा बीउ किन्नको लागि पैसा नभएपछि २२ बिघा घाँस उत्पादनको लागि किसानसँग लिएको खेत बाँझो नै रहेको छ ।

मुख्य आम्दानीको स्रोत मानिने गौशाला नगरपालिकाले विगत १ वर्षदेखि गोरु बजार लगाएबापतको रु २१ लाख रकम समयमा उपलब्ध नगराएपछि कार्यालयमा आर्थिक सङ्कट उत्पन्न भएको कार्यालय स्रोतले जनाएको छ ।

राष्टिय सहकारी विकास बोर्डद्वारा सञ्चालित निगौल गाई गौशाला व्यवस्थापन समितिको फार्ममा हाल उन्नत जातका ६० वटा गाई, १८ वटा कोरली बाँछीलगायत अन्य ४२ वटा बाँछाबाछीसहित १२४ वटा गाईबस्तु पालिएको छ । रासस