
काठमाडौं, २५ पुस । तराईमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनलाई अझै सशक्त बनाउने निर्णय गरेको छ ।
शनिबार राजधानीमा बसेको मोर्चाको बैठकले यथास्थितीमा वार्ताबाट माग सम्बोधन नहुने निष्कर्ष निकाल्दै आन्दोलनलाई अझै सशक्त पार्ने निर्णय गरेको हो ।
आन्दोलनका मुद्दाहरुलाई सम्बोधन गर्नुको सट्टा सरकारले सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको परिचालन गरी मधेश र थरुहटमा राज्य आतंकको सृजना गर्ने कार्य जारी राखेको भन्दै मोर्चाले त्यसको घोर भर्त्सना समेत गरेको छ ।
‘जनताको बढ्दै गएको कष्टकर जीवन र विभिन्न कठिनाइका बावजूद विभेदबाट उन्मुक्तिको लागि संघर्षको विकल्प नभएकोले जारी आन्दोलनलाई अझ प्रभावकारी र सशक्त जनसंघर्षको रुपमा अगाडि बढाउन शान्तिपूर्ण संघर्षका नयाँ कार्यक्रम सार्वजनिक गर्दछौं,’ मोर्चाद्धारा जारी विज्ञप्तिमा भनिएको छ– ‘साथै मधेशी, थारु, आदिवासी जनजाति, मुश्लिम, दलित, उत्पीडित खस, सीमान्तकृत समुदाय लगायत सम्पूर्ण आन्दोलनकारी दाजुभाई दिदीबहिनी तथा आम नागरिकलाई जारी आन्दोलनमा पूर्ववत् सक्रिय सहभागिता तथा समर्थन गर्न अपील गर्दछौं ।’
यस्ता छन् मोर्चाको आन्दोलनका नयाँ कार्यक्रमः














प्रतिक्रिया