१३ कार्तिक २०८३, शुक्रबार

आमाबुबा अपाङ्ग, छोराहरुको विचल्ली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jajarkot_districtजाजरकोट, २५ पुुुस । जाजरकोटको नायकवाडा गाविस–१ का मनबहादुर सिंह र उनकी श्रीमती रुपा सिंह अपाङ्ग हुँदा छोराहरुको पढाइ प्रभावित भएको छ ।

ती दम्पतीका तीन छोरा कापी किताब किन्ने रकम नहुँदा विद्यालयमा नियमित जाँदैनन् ।

मनबहादुर सुस्तःमनस्थितिका रहेका छन् भने रुपा दुवै आँखा नदेख्ने भएका कारण छोरालाई पढाउन नसकेको सिंह दम्पतीको भनाइ छ ।

तीन छोरा पढ्नमा लगनशील भए पनि आर्थिक अभावका कारण नियमित विद्यालय जान पाउँदैनन् ।

सरस्वती मावि सिलिङ्गिचौरमा जेठा छोरा गोपाल कक्षा ७ मा पढ्ने भए पनि आर्थिक अभावले नियमित विद्यालय जाँदैनन् । आमा बुबा अपाङ्ग भएका कारण घरको सबै काम गर्नुपर्ने गोपालको काँधमा आएको छ । रासस