३१ आश्विन २०८३, शनिबार

एमाओवादी नेता भन्छन्, ‘राष्ट्रियताका पक्षमा ओली पास, जनताका कुरामा फेल’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Amik Sherchanकाठमाडौं, २५ पुस । एकीकृत माओवादीका नेता अमिक शेरचनले केपी ओली प्रधानमन्त्री हुनुभन्दा पहिला धेरै आकांक्षा राख्नु भएका कुराहरू अहिले कुनै पनि पूरा हुन नसकेको आरोप लगाउनुभएको छ ।

नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै एमाओवादी नेता शेरचनले प्रधानमन्त्री ओलीले बोलेका कुनै पनि कुरा पूरा नभएको बताउनु भएको हो । ‘प्रधानमन्त्री बन्नु अघि केपी ओलीले बोलेका कुरा जनताले पाएनन्’, उहाँले भन्नुभयो, ‘उहाँले देखाउन सक्नु भएन । एक्सनमा देखाउनु पर्छ ।’

नेता शेचरनले राष्ट्रयताका पक्षमा ओलीले राम्रो गरेको भन्दै प्रशंसा गर्नुभयो । ‘प्रधानमन्त्री ओलीले राष्ट्रयताको पक्षमा राम्रै सुरूवात गरेको देख्छु’, उहाँले भन्नुभयो, ‘तर अहिले सबै उहाँका काम धरासायी भएका छन् ।’

ओली प्रधानमन्त्री बन्न अलि हतार गरेको आरोप लगाउनुभएका शेरचनले भन्नुभयो, ‘सरकारसँग जनता सन्तुष्ट छैन । ओली जी प्रधानमन्त्री बन्न हतार गर्नुभयो ।’

उहाँले अगाडि भन्नुभयो, ‘जुन उदेश्यले प्रधानमन्त्री बन्नुभयो त्यो पूरा गर्न सक्नु भएन । यो प्रतिवद्धता पूरा गरे लामो समय चल्नु हुन्छ । अन्यथा दलहरू मिलेर अर्को बिकल्प खोज्न सकिन्छ ।’

एमाओवादी नेता शेरचनले राष्ट्रियतालाई असर पुग्ने गरेर सीमाङ्कनमा हेरफेर गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको सीमाङ्कन ठीक छ ।’