६ कार्तिक २०८३, शुक्रबार

यी दुई तस्बिरबीचको अन्तर के छ त ? किन भाइरल बन्यो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rastrapati-1-660x330काठमाडौं, २५ पुस । तीन–चार दिनयता सामाजिक सञ्जाल तथा इन्टरनेटमा एउटा फोटो भाइरल भएको छ ।

फोटोमा एक युवती ‘बिकिनी ड्रेस’मा छिन् । बिकिनीमै भएकाले त्यो फोटो भाइरल भएको भने होइन । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

बिकिनीमा देखिएकी ती युवती क्रोएसियाली राष्ट्रपति कोलिन्दा ग्रैबर कित्रोविक हुन् भन्ने गलत सन्देश सामाजिक सञ्जालमा फैलिएपछि फोटो भाइरल भएको हो ।

बिकिनीमा ती युवतीचाहिँ मोडेल कोको अस्टिन रहिछिन् । मियामीमा श्रीमानसँग सन् २००९ मा घुम्न जाँदा फोटोग्राफरले त्यो फोटो खिचेको कुरा बिहीबार मात्र बाहिर आयो ।

तर, ट्विटरमा त्यो फोटोलाई राष्ट्रपतिको भन्दै लाखौँले सेयर गरेका छन् । गलत फोटोमा नाम जोडिएको किन नहोस्, कोलिन्दाको लोकप्रियता भने बढेको छ ।

त्यसैले पनि होला, इन्टरनेटमा भाइरल भएको यो फोटोको विषयमा क्रोएसियाको राष्ट्रपति कार्यालयले कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।