काठमाडौं, २५ पुस । २५ पुस अर्थात् शनिबार प्रधानमन्त्रीका रूपमा ओलीले ठ्याक्कै तीन महिना बिताएका छन् ।
२५ असोजमा प्रधानमन्त्री भएका उनले १ कात्तिक, १९ कात्तिक, २३ कात्तिक र ९ पुसमा मन्त्रिपरिषद् पुनर्गठन गरेर ४० जना मन्त्री बनाएका छन् ।
भागबन्डा पुर्याउन कृषि मन्त्रालय फुटाएर पशुपक्षी मन्त्रालय गठन गरी त्यसमा पनि मन्त्री र राज्यमन्त्री राख्नेजस्ता काम गरेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
तर पनि उनको मन्त्रिपरिषद् अझै अपूरो छ । साना दललाई भाग पुर्याउन अझै केही मन्त्री थप्न बााकी छ । तर, यो अवस्था कांग्रेसको कारण आएको उनको भनाइ छ ।
शुक्रबारको कार्यक्रममा उनले भने, ‘मन्त्रिपरिषद् ठूलो बनाउनुपर्ने बाध्यता कांग्रेसका कारण भएको हो ।
कांग्रेस सरकारमा आइदिएको भए २०–२५ जना मन्त्रीले नै काम चलाउन सकिन्थ्यो । अझै पनि कांग्रेस सरकारमा आउँछ भने यो मन्त्रिपरिषद् सदस्य कटौती गर्न सकिन्छ ।’















प्रतिक्रिया