६ कार्तिक २०८३, शुक्रबार

तेलको भाउ घट्दा पनि आयल निगमले किन धेरै पैसा लिन्छ उपभोक्तासँग ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Petrol Oil Nigamकाठमाडौं, २५ पुस । आइओसीले माघ ३ गते नयाँ मूल्यसूची पठाएपछि निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटरमा ४ देखि ५ रुपैयाँ घटाउने आयल निगमले जनाएको छ ।

प्रतिलिटर ४ रुपैयाँ घटाए पेट्रोल सय रुपैयाँ तथा डिजेल एवं मट्टीतेल ७८ रुपैयाँमा झर्ने समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

निगमले गत १५ भदौदेखि मूल्य समायोजन गरेको छैन । यसबीचमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा प्रतिब्यारेल करिब २० डलरको कमी आइसकेको छ ।

तर नेपालमा इन्धन आपूर्ति असहज भएको मौका छोपी आयल निगमले मूल्य घटाएको छैन ।

अन्तर्राष्ट्रिय बजारमा सन् २०१४ यता तेलको मूल्यमा ७० प्रतिशत गिरावट आए पनि नेपालमा त्यसअनुसार मूल्य समायोजन हुने गरेको छैन ।

१५ भदौयता नै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रतिब्यारेल २० डलर घट्दा नेपालमा पेट्रोलियमको मूल्य प्रतिलिटर २० रुपैयाँसम्मले घट्नुपर्ने विज्ञहरू बताउँछन् ।

तर, नेपाल आयल निगमले त्यस अनुपातमा मूल्य घटाउने गरेको छैन ।