६ कार्तिक २०८३, शुक्रबार

सरकार र मधेसी मोर्चा कुरा मिल्ने विन्दुमा, अब नाका खुल्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Barta Meeting Nepalकाठमाडौं, २५ पुस । प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको कार्यदलबीच शुक्रबारको वार्तामा कुनै ठोस निर्णय हुन सकेन ।

शुक्रबारको वार्ता पनि मोर्चाका ११ बुँदे मागबारे छलफल केन्द्रित थियो । वार्ताले सकारात्मक मोड लिएको भन्दै कार्यदलका सदस्यहरूले छलफल निरन्तर हुने र अर्को वार्तामा ११ बुँदेबारे ठोस धारणा बनाएर छलफल केन्द्रित हुनेगरी शुक्रबारको वार्ता सकिएको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

मोर्चाको कार्यदलका सदस्य राजेन्द्र श्रेष्ठले आफूहरूले राखेको ११बुँदे मागमध्ये १ नम्बरको मागमा बढी केन्द्रित भएर छलफल भएको बताए ।

मोर्चाले उच्चस्तरीय राजनीतिक समितिमार्फत प्रदेशको सीमांकन फेरबदल गर्न तयार भएपछि प्रमुख दल समितिको कार्यविधिबारे छलफल गर्न खोजिरहेका छन् ।

तर, मोर्चाका नेताहरूले वार्ताको क्रममा राजनीतिक विषय पहिले टुंगो लगाउँदा सजिलो हुने बताइरहेका छन् ।

‘प्रदेशको सीमांकन फेरबदल गर्ने कुरामा पहिला राजनीतिक सहमति गर्नुपर्छ भन्ने हाम्रो जोड हो, त्यसपछि मात्रै प्राविधिक कुरामा प्रवेश गर्न सकिन्छ,’ श्रेष्ठले भने ।

त्यसैगरी, मोर्चाका अन्य मागको विषयमा सामान्य छलफल भएको कार्यदलका अर्को सदस्य रामनरेश रायले बताए ।

रायका अनुसार शनिबार बस्ने कार्यदलको वार्तामा ११ बुँदेको ठोस धारणा लिएर प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीको कार्यदल आउने गरी शुक्रबारको वार्ता सकिएको हो ।

‘वार्ताले सकारात्मक मोड लिएकाले दुवै पक्षले अर्को वार्तामा ठोस धारणा लिएर आउने सहमति भएको छ,’ रायले नयाँ पत्रिकासँग भने ।