काठमाडौं, २४ पुस । तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र कुमार झाले सिरहाका पत्रकार सन्तोष कुमारलाई धम्की दिएका छन् ।
शुक्रबार दैनिक नेपालमा ‘आन्दोलनको नाममा मधेसवादी दलका नेता यसरी असुल्छन् चन्दा प्रमाणसहित’ शीर्षकमा समाचार प्रकाशित भएपछि पत्रकार सन्तोषलाई झाले धम्की दिएका हुन् ।
झाले आफ्नो चरित्र हत्या गरेको भन्दै पछि देखाउने भनेर मोबाइलबाट म्यासेज गरी पत्रकार कुमारलाई धम्की दिएका हुन् । सन्तोषकुमार दैनिक नेपालका सिरहा समाचारदाता हुन् ।
झाले आन्दोलनका नाममा विभिन्न उद्योगबाट चन्दा असुली गर्दै आएको प्रमाण फेला परेको छ । जसको समाचार शुक्रबार विहानै दैनिक नेपालमा प्रकाशित भएको थियो ।
धम्कीपछि पत्रकार कुमारले फेसबुकमा लेखेका छन्-
उफ ! कति धम्की
——————————
तमलोपाका केन्द्रिय सदस्य डा. सुरेन्द्र झाले सिरहाको मारुती सिमेन्ट उधोगबाट चन्दा असुलेको प्रमाणसहितको समाचार लेख्दा दिनभर तनाव । नेता झाले एसएमएस पठाएर धम्क्याए र उनका मतियारहरु फोन गरेर धम्की दिइरहेका छन् । सत्य कुरा बाहिर ल्याउँदा यसरी धम्की खानुपर्दो रहेछ । अन्त्यमा म के भन्न चाहन्छु कि म मधेस विरोधी होइन् समर्थक हुँ । तर जसले महान मधेस आन्दोलनलाइृ बदनाम गर्छन्, त्यसलाई पक्कै ठेगान लगाउने प्रयास जारी राख्छु । चाहे जे होस् ।
यस्तो छ तमलोपाका केन्द्रीय सदस्य झाले दिएको धम्कीः













प्रतिक्रिया