२३ कार्तिक २०८३, सोमबार

बीजेपी नेता जोलीलाई भेटेर राजेन्द्र महतोले यसरी कुरा लगाए (फोटो फिचरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Joli-Mahato

काठमाडौं, २४ पुस । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भारतीय जनता पार्टीका ने.ता विजय जोलीसँग भेटवार्ता गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका नजिकका नेता जोलीलाई शुक्रबार दिउँसो दिल्लीस्थित सैनिक फार्म निवासमा भेटवार्ता गरी महतोले मधेस आन्दोलन र नाकाबन्दी र नेपालको वर्तमान संकटबारे छलफल गरेका छन् ।

करिब एक घण्टा लामो छलफलमा नेता जोलीले महतोको टिमलाई दिवाभोज खुवाएर स्वागत गरेका थिए ।
भेटवार्ताका क्रममा महतोले नेपाल उत्पन्न संकटबाट पहाड र तराईका जनतामा पर्न गएको असुविधाप्रति चिन्ता जनाएको बीजेपी नेता जोलीको सचिवालयले जनाएको छ ।

Joli-Mahato (2)

नेपाल सरकार मधेसको मुद्दामा गम्भीर नभएको, नयाँ संविधानमा मधेशी मुलका नागरिकले पहिले पाएका अधिकार कटौती गरेको कुरा पनि महतोले जोलीलाई बताएका छन् । त्यसैकारण आफूहरुले आन्दोलन गरेको महतोले जोलीसँग दाबी गरेका छन् । यसका साथै महतोले अन्यायविरुद्ध सधै लड्ने संकल्प पनि जोलीसँग गरेका छन् ।

जोलीसँगको भेटवार्तामा राजेन्द्र महतोकी श्रीमती एवं सांसद साहिलदेवी महतो पनि उपस्थित थिइन् ।

Joli-Mahato (1)  Joli-Mahato