कैलाली, २४ पुस । कैलालीको सुख्खडमा यही पौष ३० देखी माघ ३ गते सम्म हुन गइरहेको घोडाघोडी सांगितिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको वताइएको छ ।
कैलालीको सुख्खडमा प्रसारणमा आएको रेडियो प्रतिक १०६ मेगाहर्जले आफनो प्रसारणको अवसर पारेर आयोजना गर्न लागेको महोत्सवको तयारी अन्तिम चरणमा रहेको एफ एमका प्रवन्ध निर्देशक प्रकाश मिश्रले जानकारी दिए ।
चार दिन सम्म चल्ने महोत्सवमा महानायक राजेश हमाल, एक्सन नायक निखिल उप्रेती, कमेडी नायक जयकिशन वस्नेत, चर्चित नायिक अशिष्मा नकर्मी, हास्य कलाकार ज्योति काफ्ले नक्कली बाबुराम, चर्चित गायक टंक वुढाथोकी लगायतका कलाकार को प्रस्तुति रहने छ ।
साथै महोत्सवमा गायक अर्जुन कौसल लोक तथा दोहोरी गाएक गोपाल नेपाल जिएम, हेमराज थापा, राजेन्द्र विष्ट, टंक तिमिल्सेना, गायिका अनु ढकाल, डान्स इण्डिया डान्सकी रेनु तामाङ लगायतका कलाकार पनि आउने प्रवन्ध निर्देशक मिश्रले वताए ।
महोत्सवमा स्थानिय सस्कृति झल्कने झांकी, परिकारहरु समेत पाइने छ । साथै महोत्सवले स्थानिय घोडाघोडी क्षेत्रलाइ सवै सामु चिनाउन पनि महत्वपुर्ण भुमिका खेल्ने आयोजकले जनाएको छ ।















प्रतिक्रिया