काठमाडौं, २४ पुस । प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनलाई वार्ताका लागि आज पत्र पठाउनुभएको छ ।
गठबन्धनका संयोजक समिम अन्सारीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लिखित पत्र पठाउनु भएको हो ।
पत्रमार्फत प्रधानमन्त्रीले गठबन्धनका मागहरु वार्ता र संवादबाटै सम्बोधन गर्न सकिने भएकाले वार्तामा आउन आह्वान गर्नुभएको छ ।
यसैबीच, प्रधानमन्त्रीले आफ्नो वरिष्ठ आर्थिक तथा विकास विज्ञमा धादिङ निवासी इन्जिनियर गजेन्द्र थपलियालाई आज नियुक्त गर्नुभएको छ ।
नेपाल बुध्दिजीवी परिषदका केन्द्रीय सदस्य समेत रहनु भएका थपलिया पेशाले सिभिल इन्जिनियर हुनुहुन्छ ।












प्रतिक्रिया