३१ आश्विन २०८३, शनिबार

चीनका कारण केरुङ नाका ठप्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

China-kerung-naka-1

धुन्चे (रसुवा), २४ पुस । रसुवागढी नाकाबाट गत चार दिनदेखि सामान आयत ठप्प भएको छ ।

चिनियाँ भन्सारले केरुङमा कन्टेनर सील गर्न ढिलाई गरेका कारण सामान आयत ठप्प भएको हो । चीनबाट जुत्ता, तयारी कपडा, इलेक्ट्रोनिक सामान, ऊन, रोल कपडालगायतका सामग्री आउने गरेको थियो । ती बाहेक आज केही स्याउका कन्टेनर नेपाल भित्रिएका भन्सार अधिकृत श्याम बस्नेतले जानकारी दिनुभयो ।

सामान लिनका लागि १०० भन्दा बढी कन्टेनर केरुङमा रहेका र ती कन्टेनर सीमासम्म ल्याउन चिनियाँ सिलबन्दी कन्टेनर चाँडो पठाउन पहल भइरहेको नेपाल– चीन, केरुङ व्यापार सङ्घका अध्यक्ष मानबहादुर तामाङ्ले बताउनुभयो । रासस