२३ कार्तिक २०८३, सोमबार

चीनबाट अवैध सुन ल्याएर कंलकीमा बेच्ने ३ भारतीय नागरिक पक्राउ, ९ किलो सुन बरामद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Big Set of Gold bars. Close up Imageकाठमाडौं, २४ पुस । चीनबाट अवैध रुपमा सुन ल्याएर राजधानीमा बेचविखन गर्ने ३ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले भारत पश्चिम बंगालका बिक्रम मित्तल, विजय मित्तल र राजस्थानका भगीरथ चौधरीलाई पक्राउ गरेको एसएसपी सर्वेन्द्र खनालले जानकारी दिनुभयो ।

विहीबार राति तीनै जनालाई पक्रेको अपराध महाशाखाको टोलीले ९ किलोग्राम सुन समेत बरामद गरेको छ । उक्त सुन चीनबाट ल्याइएको थियो । उनीहरुले चीनबाट सुन ल्याएर कलंकीबाट बेचबिखन गर्ने गरेका थिए ।

राजधानीमा भाग्यलक्ष्मी ज्वेलर्स सञ्चालन गर्दै आएका मित्तलको साथबाट साढे ८ किलो र चौधरीको साथबाट एक किलो सुन बरामद भएको प्रहरीले जनाएको छ ।