१३ कार्तिक २०८३, शुक्रबार

सवारी दुर्घटनामा एकको मृत्यु, बाह्र घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rautahatरौतहट, २४ पुस । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहट जिल्लाको धन्सार पुलनजिक आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार राजमार्गमा ना ५ ख२७२ नम्बरको यात्रुबाहक बसले रोकिराखेको ना ५ ख २७२ नम्बरको ट्रकलाई ठक्कर दिँदा रामेछाप जिल्ला चिसापानी गाविस–२ बस्ने २७ वर्षीय मीना तामाङको मृत्यु भएको छ ।

यसैगरी सोही दुर्घटनामा परी १२ जना यात्रु घाइते भएका छन् । दुर्घटनामा परी घाइते भएका यात्रुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बसका चालक फरार रहेका छन् ।

राजमार्गमा कुहिरोका कारण तीव्र गतिमा आएको बसले ट्रकलाई पछाडिबाट ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । रासस