१३ कार्तिक २०८३, शुक्रबार

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pistol-hatiyarविराटनगर, २४ पुस । प्रहरीले कटुवा पेस्तोलसहित एक युवकलाई विराटनगर बसपार्कबाट पक्राउ गरेको छ ।

विराटनगर–१ बस्ने मनोज यादवको १८ वर्षीय छोरा विकास यादवलाई बिहीबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

आफ्नो शरीरको कम्मरमा लुकाइराखेको अवस्थामा सादा पोसाकमा खटिएको प्रहरीलाई शङ्का लाग्दा उनको खानतलासी गर्ने क्रममा कटुवा पेस्तोल र गोली राउन्ड दुई बरामद भएको हो । उनलाई जिल्ला प्रहरी कार्यालयमा राखेर आवश्यक कारबाही सुरु गरिएको छ । रासस