१३ कार्तिक २०८३, शुक्रबार

चुरे भावर पार्टीको राष्ट्रिय भेला अचानक किन स्थगित ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बद्रीप्रसाद न्यौपाने, अध्यक्ष चुरे भावर राष्ट्रिय एकता पार्टी, नेपाल
बद्रीप्रसाद न्यौपाने, अध्यक्ष चुरे भावर राष्ट्रिय एकता पार्टी, नेपाल

काठमाडौं, २४ पुस । चुरे भावर क्षेत्र समेटेर अलग संघीय प्रदेश बनाउन दबाव दिँदै आएको चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले आफ्नो राष्ट्रिय कार्यकर्ता भेला स्थगित गरेको छ ।

चुरे भावर पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले आज विज्ञप्ति जारी गरेर मुलुकको पछिल्लो राजनीतिक अवस्थाका कारण तत्कालका लागि राष्ट्रिय कार्यकर्ता भेला स्थगित गरिएको जनाउनुभएको छ ।

‘चुरे भावर क्षेत्रमा जारी राखेको आन्दोलन र सांगठनिक विषयमा छलफल गर्न यही मिति २०७२/०९/२५ र २६ गते सर्लाहीको हरिवनमा बोलाएको राष्ट्रिय कार्यकर्ता भेला तत्कालका लागि स्थगित गरिएको छ’, न्यौपानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

पार्टीको पदाधिकारी बैठकले मुलुकको वर्तमान असहज परिस्थितिलाई ध्यानमा राखेर राष्ट्रिय कार्यकर्ता भेलालाई केही दिन स्थगन गर्ने निर्णय गरेको चुरे भावर पार्टीले जनाएको छ । भेलाको अर्को मिति तत्काल बैठक बसी घोषणा गरिने विज्ञप्तिमा उल्लेख छ ।