१३ कार्तिक २०८३, शुक्रबार

मोरङमा ग्याँस सिलिण्डर बिस्फोट, एकको अवस्था गम्भिर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gas– सुमन घिमिरे
मोरङ, २४ पुस । मोरङको वयरवनमा बिहीवार राति ग्याँस सिलिण्डर बिष्फोट हुँदा दुई जना घाईते भएका छन् । घाईते मध्ये एकको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

वयरवन ८ स्थित दिवाकर कोईरालाको घरमा रहेको ग्याँस डिपोमा राति १० बजेतिर ग्याँस सिलिण्डर बिस्फोट भई आगलागी भएको थियो । आगलागीमा परी ५५ वर्षिया भद्रकला कोईराला र छिमेकी ३३ वर्षिय नविनकुमार पौडेल घाईते भएका हुन् ।

घाईते मध्ये पौडेलको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । घाईते दुबै जनाको धरानस्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । सो डिपोमा एक/डेढ सय वटा ग्याँस रहेको पाईएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरीले जनाएको छ ।