६ कार्तिक २०८३, शुक्रबार

सामुदायिक विद्यालयका स्थायी शिक्षको बढुवा गरिँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

teacher-aayogeकाठमाडौं, २४ पुस । सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकले आफू कार्यरतभन्दा माथिल्लो तहमा आन्तरिक प्रतिस्पर्धा गरेर बढुवाको सुविधा पाउने भएका छन् ।

विद्यालय तहको शिक्षालाई प्रतिस्पर्धी र गुणस्तरीय बनाउन पहिलो पटक यस्तोे व्यवस्था गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

यस व्यवस्थाले विद्यालय तहमा कार्यरत शिक्षकलाई पेसामा दत्तचित्त भएर लाग्न प्रोत्साहन मिल्ने विश्वास मन्त्रालयले लिएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

मन्त्रालयका अनुसार शिक्षाको स्तर उकास्न शिक्षकलाई प्रतिस्पर्धी बनाउनु पर्ने सरोकारवालाको सुझावअनुसार शिक्षकलाई यस्तो अबसर दिन लागिएको हो ।

यस्तो सुविधा अहिले निजामती सेवामा कार्यरत शिक्षकलाई मात्र दिइएको छ ।