६ कार्तिक २०८३, शुक्रबार

तपाईसँग यो योग्यता छैन भने ग्यास पाउनु हुन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gass-Nepaliकाठमाडौं, २४ पुस । पैसा, शक्ति र पहुँच छ भने जति संख्यामा पनि ग्यासको सिलिन्डर धरमै आइपुग्छ । ग्यास उद्योगीले उद्योगबाट सीधै पहुँचवालालाई सिलिन्डर पुगाइदिन्छन् ।

सर्वसाधारणले महिनौँ दिनसम्म लाममा बसेर पनि नजिकको बिक्रेताबाट आधा सिलिन्डर ग्यास पाउन नसकेको अवस्थामा पहुँचवालाले अर्डर दिएको दुई दिनभित्रमै चाहेकै परिमाणमा सहजै ग्यास पाउँदै आएको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

ग्यास उद्योगले प्रमाणीकरणमा परेका बिक्रेतामार्फत सिलिन्डर बिक्री गर्नु पर्ने सरकारी नियम बेवास्ता गर्दै ग्यास प्लान्टबाट सोझै सिलिन्डर विक्री गरेको ढुवानी भाडा खर्चबापतको रकम हडप्नुका साथै विक्रेताको रोजगारसमेत खोसेका छन् ।

ग्यास उद्योगले खाद्य, मदिरा, ग्रोसरी, मार्ट र इलेक्ट्रिक पसलबाट आफूखुसी सिलिन्डर बिक्री गर्दै आएका छन् ।