काठमडौं, २४ पुस । नारायणहिटी दरबार संग्राहलय परिसरभित्र छ राहदानी विभाग । दरबारको पश्चिमी ढोकाबाट प्रवेश गरे पुगिन्छ विभागमा, जहाँ २०६५ साल जेठसम्म पूर्वराजा ज्ञानेन्द्र शाहको निजी सचिवालय थियो ।
दरबारको मुख्य भवन र विभागबीच केही खाली ठाउँ छ । त्यहाँ केही फोहर राख्ने भाँडासँगै भेटिन्छ, कालो रंगको कार ।
दिनको हजारभन्दा बढी मानिस पासपोर्ट लिन पुग्छन् । तर न कसैको ध्यान त्यो कारमा छ न त्यो कारले कसैलाई आकर्षण गर्न । कारका दुवै लुकिङ ग्यास फुटेका छन् । कार धुलाम्य छ । धुलोले कारको वास्तविक रंग कालो हो कि खैरै, छुट्याउन गाह्रो पर्छ ।
बा १ च १२९४ नम्बरको कारको अठाडिपट्टी नम्बर प्लेटको थोरै माथि अंग्रेजीमा लेखिएको छ मर्सिडिज बेन्ज । नागरिक दैनिकमा समाचार छापिएको छ ।
वर्षौ भयो यो मर्सिडिज बेन्ज त्यहाँ थन्केको । कसैले मेरो हो भन्दै दाबी गर्न आएको छैन । राहदानी विभागको कम्पाउन्डभित्र रहेको यो कार कसको हो भन्नेबारे विभाग बेखबर छ ।















प्रतिक्रिया