१३ कार्तिक २०८३, शुक्रबार

प्रचण्डले पुनको स्वास्थ्यस्थितिबारे डाक्टरबाट जानकारी लिए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda-Barsamanpun-health

काठमाडौँ, २३ पुस । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले थाइल्यान्डको समितिभेज अस्पतालमा उपचार गराइरहनुभएका पार्टी सचिव वर्षमान पुनको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएको छ ।

बुधबारमात्रै थाइल्यान्ड पुग्नुभएका अध्यक्ष दाहालले सचिव पुनको उपचारमा संलग्न चिकित्सकसँग पनि उहाँको उपचार प्रक्रिया र स्वास्थ्यस्थितिबारे चासो राख्नुभयो ।

एमाओवादी सचिव पुन कलेजोमा सङ्क्रमण भएपछि एक महिनादेखि थाइल्यान्डमा उपचाररत हुनुहुन्छ । चिकित्सकले सचिव पुनको स्वास्थ्य अवस्था विगतमा भन्दा सुधार भएको जानकारी दिएको अध्यक्ष दाहालको सचिवालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

अध्यक्ष दाहाल शुक्रबार स्वदेश फर्कनुहुनेछ । सभामुखसमेत रहनुभएकी पुनपत्नी ओनसरी घर्ती भने केही दिनपछि मात्रै स्वदेश फर्कनुहुने जनाइएको छ । रासस