२३ कार्तिक २०८३, सोमबार

नेपाली सेनाका १२ उच्च अधिकारीको बढुवा, को-को परे ? (नामावलीसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sena

काठमाडौं, २३ पुस । सरकारले नेपाली सेनाका १२ उच्च अधिकारीको बढुवा गरेको छ ।

विहीबार बसेको मन्त्रिपरिषद बैठकले सहायक रथीद्वय जगदीशचन्द्र पोखरेल र देवकुमार सुवेदीलाई उपरथीमा बढुवा गरेको एक मन्त्रीले बताए । उनका अनुसार महासेनानीहरू सूर्यप्रसाद खनाल, शैलेन्द्रसमसेर थापा, बालकृष्ण कार्की र सुरेन्द्रविक्रम राणालाई सहायक रथीमा बढुवा गरिको छ ।

प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) नारायण सिलवाल, ध्रुवप्रकाश शाह, कृष्णराज आचार्य, यामबहादुर सापकोटा, दिनेशकुमार केसी र हरेन्द्र पाठकलाई महासेनानी (कर्णेल) मा बढुवा गरिएको उनले बताए ।