२३ कार्तिक २०८३, सोमबार

२२ वटा पूरक संशोधन प्रस्ताव दर्ता, कांग्रेसका मात्रै छ संशोधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sambidhan Samsodhan Purakकाठमाडौं, २३ पुस । संविधान संशोधनको विधेयकमा प्रमुख विपक्षी दल नेपाली कांग्रेस र उसका सांसदहरूले छ वटा पूरक संशोधन दर्ता गराएका छन् ।

कांग्रेसका छ जना सांसदहरूले अरु सांसदहरूको समर्थनमा आज तोकिएको समयभित्र पूरक संशोधन दर्ता गराएका हुन् ।

कांग्रेसका सांसद विमलेन्द्र निधी, फरमुल्ला मन्सुर, मीनेन्द्र रिजाल, रोमी गौचन र प्रकाश शरण महतले अलग अलग पूरक संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।

राज्यका हरेक अंगमा समावेशी र समानुपातिक प्रतिनिधित्व तथा जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धाण हुनुपर्ने माग गर्दै मधेसी मोर्चाले आन्दोलन गरेपछि सो विषय सम्बोधन गर्न संविधान संशोधन विधेयकमा दलहरूले पूरक संशोधन प्रस्ताव दर्ता गराएका हन् ।

सत्तारुढ एमालेले भने पूरक संशोधन दर्ता गराएको छैन । यद्यपि सत्तारुढ दल एमाओवादी र फोरम लोकतान्त्रिकले भने संशोधन प्रस्तावमाथि पूरक संशोधन दर्ता गराएका छन् ।

एमालेले आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेर पूरक संशोधन दर्ता नगराउन निर्देशन दिएको थियो ।

एमाओवादीको मानोनीत कोटाबाट सांसद बनेका श्यामकुमार श्रेष्ठ, खुम्बुवान पार्टीका रामकुमार राई, नेमकिपाका प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल, कांग्रेसका विमलेन्द्र निधी, फरमुल्लाह मन्सुर, मीनेन्द्र रिजाल, रोमी गौचन, प्रकाश शरण महत र सञ्जयकुमार गौतमले अलग अलग पूरक संशोधन प्रस्ताव दर्ता गराएका छन् । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसद योगेन्द्र चौधरीले पनि पूरक संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

त्यसै गरी नेपाली जनता दलका सांसद हरिचरण साह, नेकपा संयुक्तका जयदेव जोशी, एमाओवादीका रामनाराया विडारी, लालबहादुर गुरुङ, राधिका तामाङ, रुपा महर्जन, प्रतिक्षा तिवारी मुखिया, आङदी शेपा, कमला दोङ र तुलसा रानाले पूरक संशोधन प्रस्ताव दर्ता गराएको संसद सचिवालयले जनाएको छ ।